१ कार्तिक २०८३, आइतबार

महोत्तरीका १६ जना गाविस सचिव अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

गौशाला, १३ साउन । गाविसको बजेट अनियमितता गरेको आरोपमा महोत्तरी जिल्लाका विभिन्न १६ वटा गाविसका सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

जनताका लागि आएको बजेट दुरुपयोग गरेको आरोपमा महोत्तरीका १६ जना गाविस सचिवमाथि आयोगले छानबिन सुरु गरेको हो ।

यसरी अख्तियारको कार्वाहीमा परेका गाविस सचिवमा राम नारायण झा, देवनारायण यादव, मुकेश झा, त्रिभुवन सिंह, रामतपेश्वर साह, हरिनारायण महतो, राजेन्द्र साह, भोगेन्द्र झा, शिवचन्द्र पाण्डे, शिवराम पाण्डे, रामदयाल मण्डल, देवचन्द्र विच्छा र प्राविधिक सहायक भानुभक्त ढुङ्गाना रहेको बर्दिवासमा अवस्थित आयोगको सम्पर्क कार्यालयले जानकारी गराएको छ ।

अख्तियारको कारबाहीको सूचीमा रहेको तथा विवादित छवि भएको भएपनि उनीहरुमध्ये अधिकांश सचिवलाई जिल्ला विकास समिति महोत्तरीले थप कामका लागि एकभन्दा बढी गाविसको कार्यभार सुम्पेको छ ।

ती सचिवमाथि सामाजिक सुरक्षा भत्ता र स्थानीय विकास निर्माणका बजेट हिनामिना गरेको आरोपमा छानबिन सुरु गरिएको सम्पर्क कार्यालयका एक कर्मचारीले बताए ।

सम्पर्क कार्यालयले कारबाहीमा परेका सचिव र सम्बद्ध गाविसको आवश्यक कागजात जिल्ला विकास समितिसँग माग गरिसकिएको र कागजात आउनासाथ चाँडै निष्कर्षमा पुगिने सो कार्यालयले जनाएको छ ।