अछाम, साउन १३ । विषालु च्याउ खाँदा अछाममा एकै घरका तीन सिकिस्त भएका छन् । जिल्लाको नन्देगडा–४ का एकै घरका तीन महिला सोमबार च्याउ भन्दै जंगलमा पाईने च्याउजस्तै देखिने बिसच्याउ खाँदा उनीहरु सिकिस्त भएका हुन् ।
नन्देगडा–४ कि ७० वर्षीया माता साउँद, उनको बुहारी ४० वर्षीया सीता साउँद तथा उनको छोरी १६ वर्षीया कल्पना साउँद विरामी भएका हुन् । घरदेखि टाढा लेकमा कोदो गोड्न गएको समयमा बिहानको खानासँग च्याउ पकाएर खाँदा त्यसमा बिसच्याउ मिसिएकोले च्याउँ खादा वेहोस भएका हुन् ।
बिसच्याउ खाएर दिउसो भैँसी चराउन जंगल गएका उनीहरु त्यहि बेहोस भएर ढलेको अवस्था भेटिएका हुन्। उनीहरुलाई तत्कालै बयलपाट अस्पतालमा पु¥याईएको थियो । अहिले उनीहरुको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।















प्रतिक्रिया