काठमाडौं, १२ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल विश्वकै महान नेताको सूचीमा परेका छन् ।
फच्र्यूनले जारी गरेको विश्वका ५० ग्रेटेस्ट अर्थात महान नेताको सूचीमा केजरीवाल पनि परेका छन् । यो सूचीमा जर्मन चान्सलर एन्गेला मर्केलदेखि आङ सान सुकी पनि छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने परेनन् ।
यो सूचीको शीर्ष स्थानमा अमेजानका कार्यकारी अध्यक्ष जेफ बेजोस् छन् । अघिल्लो वर्ष २७ औं नम्बरमा रहेका उनी यो पटक पहिलो बनेका छन् । यो वर्ष महान नेताको सूचीमा जर्मन चान्सलर एन्गेला मर्केललाई दोस्रो स्थान दिइएको छ । म्यानमारमा सैन्य शासन अन्त्य गरेर ५० वर्षमा पहिलो पटक नागरिक राष्ट्रपति चयन गर्न महत्वपूर्ण भूमिका खेलेकी आङ सान सुकी तेस्रो स्थानमा छिन् ।
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक केजरीवाल ४२ औं स्थानमा छन् । मफलर बेरेको केजरीवालको तस्वीर फच्र्यूनलेले प्रयोग गरेको छ । भारतीय प्रधानमन्त्री मोदी अघिल्लो वर्ष पाँचौ नम्बरमा थिए । तर, यो पटक ५० मै पर्न सकेनन् ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिना १० औं नम्बरमा परेकी छन् भने भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ५० औं नम्बरमा परेका छन् ।
मोदीले फ्लो गरे
यसैबीच भारतका प्रधानमन्त्री मोदीले केजरीवाललाई ट्वीटरमा फ्लो गरेका छन् । यसअघि दुश्मनको व्यवहार गर्दै आएका मोदीले केजरीवाललाई फ्लो गरेपछि निकै चर्चा भएको छ । मोदीले होलीकै दिन केजरीवालको ट्वीटरलाई फ्लो गरेका थिए ।
















प्रतिक्रिया