१ कार्तिक २०८३, शनिबार

अर्जेन्टिना पुगेर अमेरिकी राष्ट्रपतिले युवतीसँग डान्स गरेपछि… (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama

काठमाडौं, ११ चैत । अमेरिकी राष्ट्रपति बराक ओबामाले एक युवतीसँग गरेको डान्स भाइरल बनेको छ । साथै उनको कडा आलोचना पनि भएको छ ।

दक्षिण अमेरिकाको भ्रमणमा रहेका ओबामाले अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेका हुन् ।

President Barack Obama and first lady Michelle Obama stand with tango dancers after dancing the tango during the State Dinner at the Centro Cultural Kirchner, Wednesday, March 23, 2016, in Buenos Aires, Argentina. (AP Photo/Pablo Martinez Monsivais)

युरोपको राजधानी ब्रसेल्समा भएको शक्तिशाली आक्रमणले पुरै युरोप रोइरहेका बेला ओबामा युवतीसँगै डान्स गर्दै रमाइलो गरेपछि उनले आलोचना भएको हो । साथै उनलाई अमेरिका फर्कन दबाब पनि बढेको छ ।

बुधबार राति आयोजित रात्रीभोजमा उनी एक युवतीसँग नाचेका थिए । उनकी पत्नी मिचेल ओबामा पनि अर्काे डान्सरसँग नाचेकी थिइन् ।

हेर्नुस् भिडियोः