१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको चीन भ्रमण अचानक रद्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china.jpgबेइजिङ (चीन), ११ चैत । बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले मङ्गलबार ब्रसेल्समा करिब ३५ जनाको ज्यान लिनेगरी भएको आतङ्ककारी हमलापछि यसअघि तय भएको चीन भ्रमण हालका लागि रद्द गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार पुष्टि गर्नुभएको छ ।

भ्रमण रद्दबारे प्रतिक्रिया दिँदै परिवर्तित अवस्थामा बेल्जियमका प्रधानमन्त्रीले यसअघि तय गरिएको चीन आउने कार्यक्रम रद्द गर्नु परेको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले आफ्नो दैनिक सञ्चारमाध्यमसँगको भेटका क्रममा बताउनुभयो ।

हुवाले बेल्जियमका प्रधानमन्त्रीको निर्णय आतङ्ककारी आक्रमणपछि बाध्यकारी बनेको कुरा बुझेको र आगामी दिनमा बेल्जियमसँग सम्पर्कमा रहिरहने चीनले बताएको छ ।

यसैबीच चीनका प्रधानमन्त्री लि खछ्याङले आफ्ना बेल्जियम समकक्षीलाई एक समवेदना सन्देश पठाउँदै बेल्जियममा आतङ्ककारी आक्रमणले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

बेल्यियमका प्रधानमन्त्री मिसेल यसै महिनाको अन्त्यतिर चीनको भ्रमण गर्ने कार्यक्रम थियो । उहाँले भ्रमणका क्रममा ‘बोआओ कनफरेन्स फर एसिया एनुयल कन्सफरेन्स’ मा सहभागी हुने बेल्जियमले बताएको थियो । सिन्ह्वा