१ कार्तिक २०८३, आइतबार

मोदीको नेपाल भ्रमण र तीन दलको दौडधुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-jhalanath-sushil

काठमाडौँ, १३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँने भएपछि सबैभन्दा धपेडी नेपालका तीन प्रमुख राजनीतिक दललाई परेको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख विपक्षी एमाओवादीका शीर्ष नेताहरु हिजो–आज दिनहुँ जसो मोदीको नेपाल भ्रमणका विषयमा छलफल गर्न बैठक बस्न थालेका छन् ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २६ जना मनोनयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक मोदी भ्रमणमै केन्द्रित भएको थियो । तीन दल फेरि मंगलवार साँझ ५ बजेपछि बैठक बस्ने तयारीमा छन् ।

उक्त बैठक पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई ऐतिहासिक र उपलव्धीमूल बनाउने विषयमा नै केन्द्रित हुने बुझिएको छ । ‘बैठकमा मोदी भ्रमणलाई नेपालको हितमा उपयोग गर्ने विषयमा थप छलफल हुनेछ,’ एमालेका एक नेताले जानकारी दिनुभयो ।

वैठकमा २६ सभासद मनोनयन, संविधान निर्माण प्रक्रिया लगायत समसामयिक विषयमा पनि छलफल हुने छ ।