२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीले बेइजिङ छाडे, अबको गन्तव्य सान्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौँ, ११ चैत । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओली बेइजिङका महत्वपूर्ण कार्यक्रम सकेर सान्या सहर पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली बुधबार साँझ सान्या पुग्नुभएको भ्रमण दलका सदस्य प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार निरू पालले जानकारी दिनुभयो ।

प्रधामन्त्री ओलीले बिहीबार सान्यास्थित ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली सान्या प्रस्थान गर्नुअघि नेपाल र चीनबीच १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो । उहाँ यही चैत ७ गते चीनतर्फ प्रस्थान गर्नुभएको थियो । रासस