काठमाडौं, १० चैत । विश्व समुदायकै नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले छिमेकी देश दक्षिण कोरियालाई कडा चेतावनी दिएको छ ।
उसले दक्षिणको राष्ट्रपति भवनमा आक्रमण गर्ने भनेको छ । रकेट बटनको धम्की पनि दिइएको छ । एक पटक रकेटको बटन थिचेपछि राष्ट्रपति भवन आगोको मुस्लोसँगै खरानी बनेर समुन्द्रमा पुग्ने चेतावनी पनि दिइएको छ ।
उत्तरले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यासको विरोधमा राष्ट्रपति भवनमा आक्रमण गर्ने चेतावनी दिएको समाचार एजेन्सीहरुले समाचारमा जनाएका छन् ।
उत्तर कोरियाको कोरियाको शान्तिपूर्ण एकिकरण अभियान समितिले बुधबार जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हेको प्रशासनविरुद्ध प्रतिशोधात्मक कारवाही गर्ने उल्लेख छ ।
दक्षिण कोरियामाथिको आक्रमण राष्ट्रपति भवनबाट शुरु हुने र त्यस्ता आक्रमण चोग्वादाइ वा अन्य नजिकका स्थानमा हुन सक्ने केसिएनएले प्रसारण गरेको समाचारमा उल्लेख छ ।
















प्रतिक्रिया