काठमाडौँ, १३ साउन । मन्त्रिपरिषद्को बैठकले श्यामर रिन्पोचेकोको शव नेपाल ल्याउन दिने निर्णय गरेको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका रहेका बेला बसेको उपप्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले रिम्पोचेको शब नेपाल ल्याउन अनुमति नदिने निर्णय गरेको थियो ।
गत जेठ २८ मा जर्मनीमा निधन हुनुभएका श्यामर रिन्पोचेको शव शनिबार थिम्पुमा पुर्याइएको थियो। मन्त्रीपरिषद्को निर्णयपछि अव थिम्पुबाट कुदुङ ड्रुक एअरलाइन्सको विमानमार्फत उहाँको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिनेछ।
श्यामर रिम्पोचेको शब विमानस्थलबाट सीधै रानीवनस्थित शरमिनाव गुम्बामा लगिने आयोजकले जानकारी दिएको छ। आयोजकहरूका अनुसार श्यामर निधनको ४९ औं दिन यही साउन १५ गते बिहीबार गुम्बामा निर्माण गरिएको ुनिर्वाण चैतन्यु मा अग्निदाह गरिनेछ।
मंगलबारदेखि बिहीबारसम्म नियमित प्रार्थना, पाठ र स्वदेश तथा विदेशबाट आएका शिष्य एवं श्रद्धालुले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
















प्रतिक्रिया