काठमाडौं । कांग्रेसका सभासदहरुले सरकार र संसदीय दलबीच समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको सुझाव अनुसार अघि बढे मात्रै सरकारले प्रभावकारी काम गर्न सक्ने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारको कामकारबाही प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । उनीहरुले सरकारको आलोचना सुरु भएको भन्दै सचेत रहन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरे ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारका कामकारबाहीलगायतमा छलफल भएको कांग्रेसले जनाएको छ । सरकारको कामकारबाहीलाई लिएर आलोचना भएका बेला प्रधानमन्त्री समेत रहेका सभापति कोइरालाले बैठक बोलाएका हुन् ।
सरकारको एकसय दिन पुग्ने दिन नजिकिँदै गर्दा कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको हो ।













प्रतिक्रिया