२५ कार्तिक २०८३, बुधबार

चीनसँगको सम्झौताले भारत पनि खुसी भएको दावी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim rawal1काठमाडौं, १० चैत । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु हुँदैन । भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनुपर्छ ।’ उहाँले छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाइदा हुने बताउनुभयो ।

उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउने ब्यवस्था भएकोले यसले मुलुकको दीर्घकालीन रुपमा फाइदा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने भन्दै अहिले प्राविधिक कारणले मात्रै चीनसँग ईन्धन सम्झौता हुन नसकेको उहाँले बताउनुभयो ।