एजेन्सी, १० चैत । बेल्जियमको राजधानी ब्रसेल्समा शृङ्खलाबद्ध बम विस्फोट गराउने मध्येका शंकास्पद एक जना पक्राउ परेका छन् ।
नाजिम लाचारावी नाम गरेका व्यक्तिलाई एन्डरलेक्ट इलाकाबाट पक्राउ गरिएका बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका व्यक्ति विमानस्थलमा हमला हुनुभन्दा एकैछिन अघि सिसिटिभी क्यामरामा कैद भएका थिए ।
नाजिम बाहेक खालिद र ब्राहिम अल बकरावी नामका दुई दाजुभाईले पनि विस्फोट गराएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । बेल्जियममा हिजो गराइएका विस्फोटमा ३४ जनाको मृत्यु भएको थियो भने २ सय ५० भन्दा बढी घाइते भएका थिए ।















प्रतिक्रिया