
– अनिल खत्री
गुल्मी, १० चैत । गुल्मीका व्यस्त सडकहरु मध्येको रुद्रवेणी–वामी सडक पक्की हुने भएको छ ।
लामो समय देखी पक्की गर्ने चर्चामा रहेपनि द्रुत गतिमा काम हुन नसकेको र अत्यन्त न्युन बजेट बिनियोजन हुने गरेकोमा यसपटक भने सडक निर्माण कार्यलाई गतिदिने गरि ४८ करोड बरावरको बजेट प्रस्ताव भौतीक योजना तथा निर्माण मन्त्रालयबाट स्वीकृत भएको छ ।
बजेट निकासाको लागी नेतृत्व गरि रहेका पूर्व मन्त्री एबं एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार अर्थमन्त्री चिन भ्रमणबाट फर्के लगत्तै अर्थ मन्त्रालयबाट समेत स्वीकृत गरि काम अघि बढाईने बताउनुभयो ।
गत माघ २४ गते नेकपा एमाले वामी गुल्मीले आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै एमाले नेता ज्ञवालीले रुद्रवेणी–वामी सडक नेकपा एमालेको अगुवाईमा पक्की गर्ने घोषणा गरे लगत्तै उक्त बजेट बिनियोजन गरिएको हो ।
नेता ज्ञवालीले रुद्रवेणी देखि वामी सम्मको सडक पक्की गर्न करिव १ अर्ब बजेट आबश्यक पर्ने तर स्तरउन्नतीका लागि अहिले १ करोड ५० लाख रकम परेको जानाउँदै यस हिसाबले वर्षौ सम्म पनि उक्त सडकको निर्माण कार्य पुरा नहुने देखिएकोले यस पटक मोटो रकम छुट्टाइएको बताउनुभयो ।

गत माघ १५ गते रुद्रवेणी–वामी सडक पक्की गर्न आबश्यक बजेटको माग गर्दै एमाले गुल्मी सचिव सोमनाथ सापकोटा, गुल्मी १ का उमेदवार मैना भण्डारी, चेतन बस्नेत, जिवन खरेल, झबिराम शर्मा, कमला शर्मा, अग्नीधर लोहनी, हरिहर सापकोटा, प्रकाश काफ्ले, लोक बहादुर राना, महेश जिसी लगायतको टोली भौतिक योजना तथा निर्माण मन्त्रालय, अर्थमन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत डेलिगेसन गएको थियो ।
रुद्रवेणी–वामी सडक पक्की भएपछी त्यस क्षेत्रमा दैनिक सयौंको संख्यामा गुड्ने यातायातका साधन तथा हजारौंको संख्यामा यात्रा गर्ने यात्रुहरुले सुबिधा पाउने भन्दै त्यस क्षेत्रका जनता हर्षित भएको वामी क्षेत्रका समाजसेवी एबं सडक निर्माणका अभियन्ता प्रकाश काफ्लेले बजेट बिनियोजन गर्ने काममा नेतृत्व गरेकोमा एमाले नेता ज्ञवालीलाई धन्यवाद ज्ञापन गरे ।
जिल्लामा हाल बजेट व्यवस्था गरिएका केहि ठुला सडक योजनाहरुमा आफुले बजेट व्यवस्था गरेको भन्दै प्रतिस्पर्धिहरुले गरेको प्रचार प्रति इंगित गर्दै गलत र हावादारी प्रचारबाट भ्रममा नपर्न नेता प्रदिप ज्ञवालीले जनतालाई आग्रह गर्नु भयो ।
सांसद चन्द्र भण्डारी प्रति लक्षित गर्दै नेता ज्ञवालीले जिल्लामा बिकासका केहि ठुला आयोजनाहरु अब सुरुहुने भन्दै प्रतिस्पर्धिहरुले फेरिपनि सुनियोजित ढङ्गले गलत प्रचार गर्ने तर्फ सचेत रहन समेत अनुरोध गर्नुभयो ।
ज्ञवालीले भन्नु भयो ‘हामी काम गर्छौ, प्रचार गर्दैनौं तर केहि मान्छेहरु वामी झेर्दीको पक्की पुल हुँगा झेदीमा स्थानान्तरण गरेर जनतामाथी बेइमानी गर्र्दै गलत प्रचार गर्दै छन् तर हामी जनताको बिकासको अपेक्षालाई पुरा गर्ने गरी काम गर्छौ, वर्तमान एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिकसित नेपाल समृद्ध नेपाली बनाउने संकल्पकासाथ राष्ट्रिय महत्वको योजनाहरुमा ध्यान केन्द्रित गर्दै काम गरि रहेको दावी गर्नुभयो ।’
















प्रतिक्रिया