काठमाडौँ, १३ साउन । स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
अध्यक्ष ओली फङ्गल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिंगापुर जानुभएको थियो । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली साउन ९ गते डिस्चार्ज हुनुभएको थियो ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार अहिले उहाँको हातको समस्यामा सुधार आएको छ ।
















प्रतिक्रिया