२५ कार्तिक २०८३, बुधबार

‘म छु डराउनु पर्दैन, आउनुस् नेपालमा लगानी गर्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-Bejing-Renmin BB ma PM Oli ra DPM kamal thapa– तीर्थ भट्टराई 

बेइजिङ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका व्यापारी समुदाय तथा लगानीकर्तालाई संविधान निर्माणपछिको स्थितिमा सहज र शान्तिपूर्ण वातावरण सृजना भएकाले लगानी गर्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मङ्गलबार अपराह्न चाइना काउन्सिल फर द प्रमोसन अफ द इन्टरनेसनल ट्रेड सिसिपिआइटी र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन लगानी फोरम कार्यक्रममा सो आह्वान गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल संविधान निर्माण प्रक्रियापछि विकासको पथमा अग्रसर भएकाले चीनको अग्रसरतामा एसियाली पूर्वाधार बैंक (एआइआइबी) को सदस्यता लिएको र चीनका राष्ट्रपतिकै अग्रसरतामा अघि बढाइएको नयाँ सिल्क रोड पहलमा पनि सहभागी हुन लागेको बताउनुभयो ।

नेपालमा लगानीको प्रशस्त सम्भावना भएको कुरालाई औँल्याउँदै प्रधानमन्त्री ओलीले जलविद्युत् लगानीका लागि पहिलो लाभदायक क्षेत्र रहेको र नेपालको सौर्य ऊर्जा तथा वायु ऊर्जा विकास चिनियाँ लगानीका लागि आकर्षक क्षेत्र हुन सक्ने बताउनुभयो ।

नेपालमा लगानी गर्दा सस्तो श्रम, उदार आर्थिक नीति, सहज प्रशासनिक प्रक्रिया तथा ठूला बजारको पहुँच हुनाले लगानीबाट राम्रो प्रतिफल पाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले लाभांशमा आयकर नलाग्ने र एकद्वार नीति तथा राम्रो लगानीको सुरक्षाको कारण नेपालका विशेष आर्थिक क्षेत्रमा लगानी गर्दा विभिन्न फाइदा प्राप्त हुने पनि चीन तथा नेपाली व्यापारीसमक्ष स्पष्ट भयो ।

सो कार्यक्रममा लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्त, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा जलविद्युत्, पूर्वाधार, पर्यटन, बीमा, बैंकिङ आदिमा लगानीको अत्यन्त उपयुक्त वातावरण रहेको र दुवै तर्फका छिमेकी राष्ट्र र दक्षिण एसियाको बजारसँग सजिलै पहुँच हुने बताउनु भयो ।

कार्यक्रममा चाइना इन्टरनेसनल रेलवे ग्रुप कम्पनीका उपाध्यक्ष वाङ ली जिए तथा शिचुवान वेनचुवान भूकम्प पुनर्निर्माण प्रतिष्ठान फाउन्डेसनका उपमहानिर्देशक याङ तियान लङले पनि आफ्ना धारणा राख्नुभएको थियो । रासस