१६ कार्तिक २०८३, सोमबार

सुनसरीमा सशस्त्र प्रहरीमाथि फायर, दुई जना पेस्तोलसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolसुनसरी, ९ चैत । सुनसरी जिल्लाको बसन्तपुर ९ सुकशैनाबाट चैत्र ८ गते एपीएफ टोलीले एउटा अवैध कटुवा पेस्तोल र त्यसमा लाग्ने एउटा खोकासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको पश्चिम कुसाहा ९ वस्ने ३१ वर्षिय ईन्द्रदेव दास र सोही जिल्लाको प्रकाशपुर ६ वस्ने २१ वर्षिया जुना लिम्बु छन् ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस बसन्तपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले जाँच गर्नेक्रममा को. १६ प ६१९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोक्न खोज्दा मोटरसाइकल नरोकी एपीएफ टोलीमाथि नै फायर गर्दै भाग्ने क्रममा उक्त मोटरसाइकल केही पर गएर दुर्घटनामा परेको थियो ।

त्यसपछि एपीएफ टोलीले उनीहरुको जाँच गर्दा उल्लेखित अवैध हतियार बरामद भएको थियो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरीका डीएसपी अजय छतकुलीले जानकारी दिए ।