२५ कार्तिक २०८३, बुधबार

स्वास्थ्यमन्त्रीको क्वाटरमा ड्रोन क्यामेरा खस्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drone2

ललितपुर, ९ चैत । मन्त्री निवासस्थित स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अज्ञात व्यक्तिले उडाएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’ खसेको छ ।

निवास नजिकको एक रुखमा ठोक्किएको सो क्यामेरा नियन्त्रणमा लिई कसले उडाएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिनुभयो ।

अहिले उक्त ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारे थाहा पाएपछि गृहमन्त्री शक्ति बस्नेत आफैं स्वास्थ्यमन्त्री चौधरीको क्वाटरमा पुगेका थिए ।

विद्यमान कायमअनुसार यसप्रकारको क्यामेरा अनुमति नलिई प्रयोग गर्न पाइँदैन । रासस