१६ कार्तिक २०८३, सोमबार

होलीमा उच्छृङखल गतिविधि गर्ने दुई सय जना राजधानीमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police

काठमाडौं, ९ चैत । होलीको अवसरमा उच्छृङखल गतिविधिमा संलग्न काठमाडौंबाट १ सय ३३ जना, ललितपुरबाट ८३ जना र भक्तपुरबाट १० जना गरी जम्मा २ सय २६ जना पुरुषलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट प्रहरी चेकिङको क्रममा मादक पदार्थ सेवन गरी लापरवाही पुर्वक सवारी साधन चलाएका तथा ट्राफिक नियम उल्लङघन गरी हिँडेका १ हजार ४ सय ३२ वटा मोटरसाइकल तथा गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।