१ कार्तिक २०८३, आइतबार

त्रिउवा संघका सदस्यको बैधानिकतामाथि प्रश्नचिन्ह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ९ चैत । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उद्योग बाणिज्य संघका कार्यसमितिको बैद्यानिकतामाथि व्यवसायीले नै प्रश्नचिन्ह खडा गरेकाछन् ।

अवैधनिक रहेका कार्यसमितिलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार दुई सय १७ जना व्यापारीको हस्ताक्षर लिएर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका व्यापारीले ८ बुँदे ध्यानाकर्षण पत्र प्रजिअलाई बुझाएका हुन् ।

व्यापारीले २०७२ असोज १८ गते कार्यकारिणी समितिको पदावधि सकिएको अबश्थामा पुस मसान्त भित्र अधिवेशन गर्ने प्रतिवद्धतालाई उंल्लघन गर्दै त्यहाँ भित्र भएको भ्रष्टचारलाई पदाधिकारीले ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् ।

उनीहरुले बार्षिकरुपमा हुनु पर्ने साधारणसभा तीन बर्षे कार्यकाल वितिसक्दासमेत नगरिएको, आर्थिक अनियमिततालाई छल्न समिति निस्कृय रहि बैठकसमेत नबस्ने गरेको, विगत २ बर्षदेखि लेखापरीक्षण नगरिएको, संस्था नविकरण नगरिएको, जिम्वेवार अध्यक्ष र अन्य पदाधिकारीबाट व्यापकरुपमा आर्थिक अनियमितता गरेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै असोज १८ गते पदावधि सकिनुअघि बैठक बसी म्याद थप गर्नु पर्नेमा अवैधानिक भईसकेको समितिले असोज २२ गते बैठक गरी पौस मसान्तसम्ममा गर्ने निर्णय गरेको त्योपनि कार्यान्वयन नभएको व्यवसायीको आरोप छ ।

ध्यानाकर्षण पत्रमा संस्था तत्काल जे जस्तो अबश्थामा छ, सोही अबश्थामा नै रहने गरी शिलवन्दी गर्नु पर्ने, आयव्ययलाई पारदर्शिता बनाउन आन्तरिक लेखापरीक्षण, मलेप लगायतका कार्य गर्नु पर्ने, संघको नाममा रहेको बैंक खाता रोक्का गरिनु पर्ने उनीहरुको माग छ ।

त्यसैगरी बार्षिक साधारणसभा अधिवेशन लगायतका कार्य गर्न निस्पक्ष एवं तठस्त एक तदर्थ समिति गठन गर्नु पर्ने, संस्था नविकरण गरी बैद्यानिकता दिनु पर्ने, यथाशिघ्र निर्वाचन गरी नेतृत्व अध्यावधिक गरिनुपर्ने, अनियमिततालाई छानविन गरी दोषि उपर कारवाही गरिनु पर्ने माग अघि सारेका छन् ।

नेपाल उद्योग बाणिज्य संघ, जिल्लास्थित प्रमुख राजनीतिक दललाई बोधार्थ दिई बुझाइएको ज्ञापनपत्रमा आफ्ना जायज मागको उचित सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जानेसमेत चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ कृष्णचन्द्र घिमिरेले बैद्यानिकता र आर्थिक अनियमितताको बिषयमा छानविन गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो पटक २०६९ असोज १९ गते निर्वाचनबाट गजेन्द्रकुमार भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।