– सिर्जना पन्त
बागलुङ, ९ चैत । जिल्लामा अस्पताल र बढदै गएका स्वास्थ संस्थाहरुसंगै अस्पतालजन्य फोहोरहरुको व्यवस्थापनमा चुनौतीहरु बढदै गएका छन् ।
एक सरकारी अस्पताल र दुईवटा निजी अस्पताल रहेको बागलुङ जिल्लामा अस्पताल प्रशासनले अस्पतालजन्य फोहोरहरुको उचित व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ संगै पर्यावरणमा समेत प्रतिकुल असर पर्दै गएको छ ।
विरामीको उपचार गर्दा खेर गएका सामाग्री तथा उपचारको क्रममा उपयोग गरेर खेर गएका सम्पुर्ण फोहोरहरुलाई अस्पतालले उचित विसर्जन गर्नुपर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निती तथा मापदण्ड भएपनि जिल्लाका स्वास्थ संस्थाहरुले मापदण्ड अनुरुप कार्य गरेको पाईएको छैन् ।
सरकारी स्वामित्वमा रहेर सञ्चालन भएका जिल्लाका ३९ वर्थिङ सेन्टर, दुई पोलियो क्लिनक एक ब्लड बैङक र फार्मेसी, प्रायेगशालाहरुले समेत आफ्नो संस्थाबाट निष्काशन हुने फोहोरमैलाको उचित व्यवस्थापन गरेको पाईएको छैन । स्वास्थ क्षेत्रसंग आवद्ध विभिन्न संघ संस्थाहरुलाई फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले यस्ता संघ संस्थाबाट निस्कने फोहोर मैलालाई अस्पताल जन्य फोहोरको रुपमा परिभााषीत गरेको भएपनि जिल्लाका स्वास्थ संस्थाहरुले नियम अनुसार फोहोर मैला व्यवस्थापन गर्नेगरेका छैनन् । जिल्लामा रहेका स्वास्थ संस्थाहरुले आफ्नो संस्थाबाट निस्कने फोहोर सिधै बागलुङ नगरपालीकाले फोहोर उठाउने ठेक्का दिएको धौलागिरी फोहोर व्यवस्थापन तथा वाताबरण सहकारी संस्थाको फोहोर उठाउने ट्रकमा ङ्खयाक्दै आएका छन् ।
नगर क्षेत्रको फोहोर आफै उठाउँदै आएको बागलुङ नगरपालीकाले ०७२ फागुन ३० गते धौलागिरी फोहोर व्यवस्थापन तथा वाताबरण सहकारी संस्थालाई नगरको फोहोर उठाउने जिम्मा दिएको हो । एक वर्षयता बागलुङ बजारलाई सफा बजार बनाउने अभियान शुरु गरेर निःशुल्क नगर क्षेत्रको फोहोर उठाउँदै आएको सहकारीसंग नगरपालीकाले १८ बुदें समझदारी गरेर संस्थालाई फोहोर उठाउने जिम्मा दिएको बागलुङ नगरपालीकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो । अधिकृत अधिकारीले स्वास्थ संस्थाहरुले आफ्नो फोहोर आफै उचित विशर्जन गर्नुपर्ने ऐन भएको भन्दै जिल्लाका स्वास्थ संस्थाहरुलाई आफुले समय समयमा सचेत गराउँदैं आएको बताउनुभयो । उहाँले स्वास्थ संस्थाहरुले संक्रमणजन्य फोहोरहरुको आफै व्यवस्थापन गर्दै आएको र पहिले नगरपालीका र अहिले नगरपालीका मातहतको सहकारी संस्थाले अस्पतालबाट निष्किने कुहिने तथा जोखिममुक्त फोहोरहरुमात्र उठाउने गरेको समेत दावी गर्नुहुन्छ ।
बढदो बजारीकरण संगै बागलुङ बजारमा प्रत्येक दिन ६ टन भन्दा बढी फोहोर निस्कने गरेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्थाका अध्यक्ष सुधीर श्रेष्ठ बताउनुहुन्छ । जसमध्ये अधिकांश फोहोर पुनःप्रयोग गर्न सकिन्छ भने केहि फोहोर सुरक्ष्ँीत विशर्जन गर्नुपर्ने हुन्छ । श्रेष्ठले जिल्लाका सबै स्वास्थ संस्थासंग संक्रमण जन्य फोहोर छुट्टाएर जोखिम नभएका फोहोरहरुमात्र आफुहरुले उठाउने गरेको बताउनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ ‘कानुनत स्वास्थ संस्थाहरुले आफ्नो फोहोर आफैं विशर्जन गर्नुपर्ने हो, तर अस्पतालले सबै फोहोरहरु आफैं विशर्जन गर्ने सक्ने अवस्था नभएपछि संक्रमणनहुने फोहोरहरु हामीलनै उठाउँदै आएका छौं ।
सहकारीले उठाएको फोहोर बागलुङ जिल्लाको प्रवेश द्वार नजिकै मालढुङगाको खुर्दुकेमा संकलन गरेर नष्ट गरिदै आएको छ । सहकारीको एक आइचर भ्यान, नगरपालीकाले उपलब्ध गराएको एक टिपर र एक ट्याक्टरले दैनिक फोहोर उठाउँदैं आएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले स्वास्थ संस्थाहरु फोहोर र दुर्गन्धित हुदैं जानुमा सरकार र स्वंम जनताहरुनै प्रतिवद्ध हुन नसक्नु ठुलो समस्याको रुपमा देख्नुभएको छ । नगरबासीहरुले आफ्नो घरमै कुहिने र नकुहिने फोहोर छुट्टाउने तथा फोहोरको उत्सर्जन कम गर्दै लगेमा पछिल्लो समयमा देखिएको बतावरण प्रदुषण कम हुने उहाँको धारणा छ ।
फोहोर उत्सर्जनकै समयमा संक्रमणजन्य फोहोर छुट्याएर उचित विशर्जनमा स्वास्थ संस्थाहर गम्भिर भएर ध्यायन दिनेहो भने फोहोरकै कारणले हुनसक्ने धेरै जोखीमबाट बच्न सकिन्छ । आम मानिसको स्वास्थ संगै वाताबरणीय पक्षहरुसंग प्रतक्ष सरोकार राख्ने अस्पताल जन्य फोहोरहरुको उचित व्यवस्थापनको लागि सरोकारवाला निकायहरुको ध्यायन पुग्न नसकेको श्रेष्ठको भनाई छ ।
जिल्लामा दैनिक जसो बढदैं गएका स्वास्थ संस्थाबाट जिल्ला बासीहरुले सेवा सुविधा पाउने संगै नयाँ रोगहरुको पनि जोखिम बढैं गएको उहाँको धारणा छ । स्वास्थ तथा जनसंख्या मन्त्रालय, बाताबरण मन्त्रालय, नगरापलीका लगायतका नियमनकारी निकायहरुले फोहोरमैला व्यवस्थापनको बारेमा समय–समयमा अनुगमन गर्नुपर्ने र कानुनको पालना नगर्ने संघ संस्थाहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने भएपनि बागलुङ जिल्लाका स्वास्थ संस्थाहरुको फोहोरमैलाको व्यवस्थापनको बारेमा अनुगमन भएको पाईएको छैन् ।
अस्पताल जन्य फाहोर खुल्ला ठाउ“मा राख्दा हावा को माध्यमबाट समेत संक्रमण फैलन सक्ने भएको भएपनि अञ्चल अस्पताल बागलुङले नगरपालीको गाडी फोहोर उठाउन नआउँदा सम्म अस्पतालको प्रवेश द्वारमै राख्ने गरिन्छ । अस्पतालको फोहोर मात्र उठाउन सक्ने अवस्था नरहेको भन्दै अस्पताल रोडका स्थानियहरुको सामान्य फोहोर र अस्पतालको फोहोर संगै उठाउने व्यवस्था गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गर्मी मौसम सुरु भएसंगै अस्पताल जन्य फोहोरहरुको व्यवस्थापन नभएकै कारण अस्पताल छेउका स्थानियहरु चिन्तित छन् । बजारका अन्य ठाउँमा भन्दा पहिलेनै लामखुट्टे लाग्न सुरु भैसकेको अस्पतालरोडका स्थानियहरु झाडापखला लाग्न सक्ने भन्दै चिन्तीत भएका हुन् । अस्पताल प्रशासनले अस्पतालको फोहोर व्यवस्थापन संगै अस्पताल भित्र शौचालय र खानेपानीमा समेत उचित ध्यायन नदिदा जिल्लाका निजी अस्पतालको तुलनमा सरकारी अस्पतालमा उपचारको लागि आउने विरामीको संख्यामा कमि आउँदै गएको छ । धौलागिरी अञ्चलका चार जिल्लाहरु बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विरामीहरुलाई सेवा दिनको लागि २०३३ सालमा जिल्ला अस्पतालको रुपमा स्थापित जिल्ला अस्पताल बागलुङ २०६७ सालबाट स्तर उन्नती गरि धौलागिरी अञ्चल अस्पताल बनाईएको बागलुङको सरकारी अस्पतालमा विरामीहरुको संख्यात्मक रुपमा विरामीहरु घटदैं गएको हो ।
अञ्चल अस्पतालमा उपचारको लागि आउँदा बिरामी कुर्न आएका कुरुवाहरुनै विरामी पर्ने गरेका गुनासाहरुसमेत आउने गरेका छन् । अस्पतालको शौचालय सफा राख्न र अस्पतालमा पानीको व्यवस्था मिलाउन पटक–पटक आवाज उठ्ने गरेको भएपनि अस्पताल प्रशासन मौन रहेको छ ।
अञ्चल अस्पतालमा रुघाखोकी, टाउको दुख्ने, र सामान्य ज्वारो आएका विरामी बाहेक अन्य विरामीहरु कम आउने गर्छन् । अस्पताल जन्य फोहोर मानव स्वास्थको लागि हानिकारहुन्छ भन्ने कुरा सामान्य जनमानसलाई समेत जानकारी भएको विषय हुँदा अस्पतालले फोहोर व्यवस्थापन नगरेकै कारण अस्पतालमा उपचारको लागी आउने विरामीको संख्यामा कमि आएको हुनसक्ने स्थानियको अनुमान छ ।
अस्पतालको फोहोर अस्पतालले आफैं व्यवस्थापन गर्नुपर्ने नियम भएको भएपनि नियमअनुसार फोहोर व्यवस्थापन हुन नसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका सुचना अधिकृत तथा मेडिकल रेकर्ड अधिकृत तिर्थराज गौतम बताउनुहुन्छ । गौतमले अञ्चाल अस्पतालले अस्पतालबाट निश्कने फोहोरलाई अति जोखिम, कम जोखिम र जोखिम मुक्त गरि तिन भागमा वर्गिकरण गर्ने गरेको बताउनुभयो । अस्पतालजन्य फोहोरहरुको उचित व्यवस्थापन भैनसकेको भएपनि चाडै अस्पतालले फोहोरको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले अति जाखिमका फोहोरहरुलाई खाल्डो खनेर गाडने गरेको भन्दै सरहकारीको गाडिमा कुहिने तथा संक्रमण नहुने फोहोरहरुमात्र फाल्ने गरेको बताउनुभयो । ‘कहिले कहिले विरामीहरुको लापरबाहीकै कारणले कुहिने फोहोर फाल्नुपर्ने डस्बिनमा सुई सिरन्जहरु पनि पर्ने गर्छन् तर जानजान तेस्तो गल्ती गरेका छैनौ’ गौतमले भन्नुभयो । निकट भविश्यमा अन्य फोहोरहरुलाई समेत निर्मलिकरण गरेर शंक्रमणरहित बनाउने तयारी गरेको उहाँको भनाई छ ।
बाताबरणविद् तथा द हिमालयन क्लाइमेट इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्यले अस्पतालजन्य फोहोरलाई खुल्ला ठाउँमा संकलन वा नष्ट गर्दा वाताबरणमा तथा जनस्वास्थ्यमा प्रत्यक्ष नकरात्मक असर पर्ने बताउनुहुन्छ । आचार्यल अस्पतालहरुले शंक्रमणजन्य फोहोरहरु जस्तै प्रयोगमा आएका सुई, ब्लेड, रगत लागेका कपास तथा अंगहरुसमेतलाई अन्य फोहोरहरुलाई सामान्य फोहोरसरहनै नष्ट गर्नु सबैभन्दा घातक भएको बताउनुहुन्छ । अस्पतालजन्य फोहोरको नकरात्मक असर यसको प्रत्यक्ष सम्पर्कका कारण सबैभन्दा पहिले फोहोर संकलन तथा व्यवस्थापनमा काम गर्ने व्यक्तीहरुमा पर्ने र उनीहरुमा छालाका रोग, सुईको घोचाईबाट पनि विभिन्न रोग फैलिन भन्दैं फोहोर व्यवस्थापनको क्ष्ँेत्रमा काम गर्नेहरु विशेष सचेत हुनुपर्ने उहांले बताउनुभयो ।
स्वास्थ संस्थाहरुबाट निष्कने प्लाष्टिकजन्य फोहोरहरुलाई खुल्ला ठाउँमा जलाउँदा हावासंगैं डायोक्सिन नामक अति विषालु क्यान्सरजन्य ग्यांस हावामा फैलिने र औषधिका सिसाहरु तथा त्यसमा बाँकी झोल औषधी, औषधीको पाताहरुलाई उचित प्रशोधन विना माटो या पानीमा मिल्न दिंदा माटोको उर्वराशक्तिमा, जलाशयहरुको पानीको गुणस्तरमा तथा जलचर प्राणीहरुमा एकदमै नकरात्मक प्रभाव पर्ने बताउनुभयो । अस्पतालजन्य फोहोरहरु खुल्ला ठाउँमा विसर्जन गरेकै कारण पानीमा पाईने जिवजन्तुहरुमा प्रतिकुल असर परी ह्राससमेत आउँदैं गएको प्रति चिन्ता व्यक्त गर्दै उहांले त्यस्तो प्रभाव परेको पानीमा बस्ने माछा लगायतका जीवहरु खांदा ती रसायनका असर दिर्घकालमा मानव जातिहरुमा समेत देखिने बताउँनुभयो । स्वास्थ संस्थाहरुबाट निश्कने फोहोरको उचित व्यवस्थापनको लागि सबै सरोकारवाला निकायहरु सचेत नभए यसले भविष्यमा ठुलो महामारी निम्त्याउन सक्ने वाताबरणविद् आचार्यले बताउँनुहुन्छ ।














प्रतिक्रिया