– घनश्याम पौडेल
अर्घाखाँची ९ चैत । अर्घाखाँचीको ठूलापोखरा गाविसमा आज दिउसो भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाईते भएका छन ।
ठूलापोखराबाट मरेंग जादै गरेको लु ३ त ३४१९ नम्बरको ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि गाडी धनी ठुलापोखरा ४ का हुमलाल पाण्डेको मृत्यु भएको अर्घातोष प्रहरी चौकीले बताएको छ ।
सात जना घाईते सामान्य रहेको र उनीहरुको स्थानीय स्तरमा उपचार भैरहेको छ ।












प्रतिक्रिया