१ कार्तिक २०८३, आइतबार

परिवारबाटै पीडित छन्, अधिकांश महिला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Sex

काठमाडौँ, १३ साउन । यही असार महिनामा मात्रै ३८३ महिलामाथि विभिन्न प्रकारका हिंसाका घटना भएका छन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक)मा दर्ता भएका र विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित समाचारअनुसार ३८३ महिला विभिन्न प्रकारका हिंसाबाट पीडित भएका हुन् ।

तथ्यांक अनुसार, परिवारबाटै सबैभन्दा बढी महिला पीडित भएको देखिएको छ । घरेलु हिंसाअन्तर्गत श्रीमान् तथा परिवारका सदस्यबाट पीडित महिलाको संख्या १८६ रहेको छ । यसैगरी आफन्त, छिमेकी र शिक्षकबाट बलात्कारको सिकार ४७ जना महिला भएका छन् ।

यस्तै सामूहिक बलात्कारमा पाँच, बलात्कारको प्रयासमा नौ महिला, बोक्सीको आरोप, बालविवाह, जातीय विभेदबाट पीडित महिला ३९, यौन हिंसामा १५, हत्या भएका १३, हत्याको प्रयास आठ, बेचबिखनमा ६, बेचबिखनको प्रयासमा ३८, आत्महत्या गर्नेमा नौजना र अन्य गरी ३८३ जना महिला हिंसाको सिकार भएका छन् ।