चितवन, ९ चैत । चितवन मेडिकल कलेजमा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । अस्पतालमै कार्यरत मजदुरहरुले विभिन्न माग राख्दै ओपीडीमा अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
२०७२ साल साउनदेखि सेवा सुविधा थप भइसक्दा पनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समूहको नाममा राजनीतिक गतिविधि हुँदै आएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।












प्रतिक्रिया