काठमाडौं । काभ्रेमा यात्रु बोकेको बस दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा करिव २० यात्रु घाईते भएका छन् ।
काठमाडौंबाट तातोपानी जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख २०३७ नम्बरको बस आज (शनिबार) दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको हो । बस अरनिको राजमार्ग अन्तर्गत ५० किलो भन्ने स्थानमा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाईते मध्ये पाँच यात्रुको अवस्था गम्भीर छन् ।
मृत्यु हुनेमा काभ्रे बेखसिम्ले–७ बस्ने २१ वर्षीया स्वस्थानी केसी, सिन्धुपाल्चोक सल्ले–८ की ११ बर्षीय रेजिना धामीलगायतको मृत्यु भएको प्रहरी भनाई छ ।













प्रतिक्रिया