१ कार्तिक २०८३, शनिबार

मृतकका आफन्त तथा घाइतेजनलाई अलान्दले भेट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FRANCE-PARIS-SHOOTINGS-EXPLOSIONSपेरिस (फ्रान्स), ९ चैत । सन् २०१५ को नोभेम्बर १३ को विनासकारी आतङ्ककारी हमलाको मुख्य योजनाकारका रुपमा आरोपित सालेह अबेसलामलाई बेल्जियममा पक्राउ गरेपछि फ्रान्सका राष्ट्रपति फ्रान्साँ अलान्दले उक्त घटनामा मृत्यु भएका नागरिकका आफन्त तथा घाइतेजनलाई भेट्ने हुनुभएको छ ।

अलान्दले पीडित परिवारलाई भेटी आफ्नो सरकारले नोभम्बर १३ को हमलामा संलग्नता जनाएको दाबी गरेको आईएस जिहादी समूहविरुद्ध निरन्तर लडाइँ गरिरहेको भनी उनीहरुलाई सान्त्वना दिनुहुने बताइएको छ ।

पीडितलाई भेटी सरकारले आगामी दिनमा त्यस्तो खालका दुर्घटना हुन नदिने र यसका लागि विश्वबाट आईएस आतङ्कलाई निर्मूलपार्न फ्रान्स अग्रसर रहने बताउनुभयो ।

राष्ट्रपतिको कार्यालयले पीडित पाँच समूहसँग ढिलो गरी हुन लागेको अलान्दको भेटघाट कार्यक्रमलाई शनिबार तय गरेको हो ।

उहाँले यसअघि पनि पीडितसँग भेटी सङ्क्षिप्त कुरा गरे पनि अब हुने भेटघाट आधिकारिक र बृहद् हुने राष्ट्रपति अलान्दका सहयोगीले बताए ।

अबेसलाम पेरिस आक्रमणमा संलग्न १० जना आतङ्ककारीमध्ये एकमात्र जीवित तथा प्रमुख योजनाकार भएको हुनसक्ने बताइएको छ ।

यसैबीच घटनाका पीडित तथा उनीहरुका आफन्तजनले आक्रमणमा संलग्न व्यक्तिलाई जीवितै नियन्त्रणमा लिई न्यायको कठघरामा उभ्याउँदा आफूहरुले राहत महसुस गरेको बताएका थिए । एएफपी