ललितपुर, ८ चैत । ६ वर्षदेखि १२ वर्षको उमेरका साना बाल बालिकाहरुले तयार परेका ५० चित्रहरु पाटन संग्रहालयमा शुक्रबारदेखि प्रदर्शन सुभारम्भ भएको छ ।
बरिष्ठ चित्रकार सशी साहको प्रमुख आतिथ्यमा पाटन संग्रहालयको आर्ट ग्यालरीमा उक्त चित्रकला प्रदर्शनी घोडाको चित्र बनाएर शुभारम्भ भएको छ । बाल बालिका भबिस्यका कर्णधार हुन् तर अभिभाबकले कर्णधार बन्ने पुर्बधार तयार नबनाए कसरी होलान कर्णधार बरु बेलैमा सीप बिकासका तालिम दिएमा पक्कै भबिष्यका कर्णधार बन्न सकिन्छ भन्ने कुरामा जोड दिनुभयो ।
किताबी ज्ञान भन्दा बढी प्रयोगात्मक ज्ञानको आबश्यकता रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम नाथ पोखरेलले कार्येक्रममा बताए । प्याब्सन केंद्रिये समिति उपाध्ययक्ष इश्वर बहादुर गुरुङले बाल बालिकालाई नया तरिकाबाट सिकाउनु र प्रदर्सनीको माध्यमबाट अवसर दिनु रिजेन्ट स्कुलको उन्नति हुनु हो भन्नु भयो । रिजेन्ट इन्टर नेसनल स्कुलको आयोजनामा भएको प्रदर्शनीमा ५० चित्र हरु जल रंग, पोस्टर कलर, मैन रंगले तयार पारेका चित्रकलाहरु प्रदर्शनीमा राखिएका हुन् ।
खेल्दै गरेका बिद्यार्थी, गाउँ बस्ति, जनावर, चार चुरुंगी लगाएतका चित्रहरु २५ जना बाल कलाकारहरुले तयार परेका हुन् ।
चित्रहरुको मूल्य ३ सय देखि ६ सय सम्म राखिएको छ । ३ दिन सम्म रहने चित्र कला प्रदर्शनीको जानकारी स्कुलका प्रधानाध्यापक नवराज संजेलले दिएका छन् । प्रदर्शनी चैत ७ गते सम्म रहने छ ।












प्रतिक्रिया