२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Xi-jin-Ping

बेइजिङ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको थियो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

oli_li_keqiang_beijing

यसअघि प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता भएको थियो । दुई देशका प्रमबीच नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको थियो । साथै नेपालको विकासमा चीनले पुर्याउने सहयोगका विविध पक्षमा छलफल पनि भएको प्रमका प्रेस सल्लाहकार दाहालले बताए ।

उनका अनुसार सोमबार विहानै प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ सेनाको एक टुकडीले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै भव्य स्वागत गरेको थियो । रासस