२९ आश्विन २०८३, बिहिबार

सिन्धुपाल्चोकमा विदेशी मुद्रासहित चार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dollarचौतारा । काठमाडौंबाट खासा लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकमा तीन चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

 

बा १ च ७६७३ नम्बरको निजी कारबाट जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको बाह्रबिसेमा आज (शनिबार) बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमालले बताए ।

 

पक्राउ पर्नेमा चिनियाँ नागरिक हङ क्युङ ली, ग्वाङ यु ली, दोङ फाङ झाङ र चालक प्रेम श्रेष्ठ छन् ।

 

उनीहरुको साथबाट अमेरिकी डलर २४ हजार ७००, चिनियाँ युआन ६३ हजार २१०, नेपाली रुपियाँ ४३ हजार र विभिन्न बैंकको नाममा काटिएको नौ लाखको चेकसहित बरामद गरिएको छ ।