काठमाडौं, ८ चैत । कृषिमन्त्री हरिबोल गजुरेलले सरकारमा एकीकृत माओवादीका तर्फबाट सहभागी मन्त्रीहरू सबै चोखा रहेको दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री गजुरेलले भन्नुभयो, ‘अरु मन्त्री चोखो छन् कि छैनन् इतिहासले भन्ला ! हाम्रा मन्त्रीहरू चोखो छन् ।’
गजुरेलले अगाडि भन्नुभयो, ‘मन्त्रीहरू भ्रष्टाचार छ भनेर कसले भन्यो ? हाम्रा पार्टीका मन्त्रीहरूले एकदम इमान्दार रुपमा काम गरेका छन् ।’ उहाँले एमाओवादीलाई कसैले दोष लगाउने ठाउँ नरहेको दाबी गर्नुभयो ।
सरकारले विशम परिस्थितिमा पनि राम्रोसँग काम गरिरहेको बताउनुभएका कृषिमन्त्री गुरेलले तत्काल एमाओवादी सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले कांग्रेस पनि यही सरकारमा आएर राष्ट्रिय स्वरुप दिनुपर्ने बताउनुभयो ।
‘सरकारबाट बाहिरिने कुरै छैन’, एमाओवादीका प्रभावशाली नेता समेत रहनुभएका मन्त्री गजुरेलले भन्नुभयो, ‘सरकारको बिल्पम चहियो नी ? राष्ट्रिय सरकारको आवश्यक्ता छ । यो सरकार गिराएर अर्को सरकार बनाउने भन्ने होइन । यसैलाई राष्ट्रिय स्वरुप दिनुपर्छ ।’
सरकारका विषयमा विभिन्न आरोप र टिकाटिप्पणी भइरहेका बेला कृषिमन्त्री गजुरेलको यस्तो भनाइ आएको हो ।












प्रतिक्रिया