
जनकपुरधाम, ८ चैत । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका धनुषाका १२ जनालाई साउदी प्रहरीले पक्राउ गरेको छ ।
सउदीको रूवाफिद अल ट्रोक कम्पनीले कामको लागि अनुमतिपत्र नदिएको र प्रक्रियासमेत पूरा नगराएका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेका शिवकुमार मण्डलले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपालका २५ जना रहेका छन् ।
पक्राउ पर्नेमा धनुषाका देवनारायण पासवान, भरोसी मण्डल, लालबाबु सहनी, उत्तिम मण्डल, जीवछ साह, नागेन्द्र महरा, उमेश साह, रामबाबु, रामनारायण यादव, सुलेमान र सुरेश साह रहेका छन् ।
सउदी रियाज अफ अलफर्ज सिसिबलदिया प्रहरीले पक्राउ गरिएकालाई जेल चलान गरिसकेको छ ।
मण्डलले आफूलगायतलाई प्रहरीले एक महिनादेखि हिरासतमा राखी अनुुसन्धान गरिरहेको बताउनुभयो ।












प्रतिक्रिया