३० आश्विन २०८३, शुक्रबार

काठमाडौंमा ‘बिमान बंगलादेश’मा आगलागी, बल्ल बल्ल बच्यो बिमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

get_imgकाठमाडौं, १२ साउन । विमान बंगलादेशको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएको छ ।

विमानको पछाडिकको दायाँ पट्टीको चक्कामा आगो लागेपछि आगो तत्काल नियन्त्रणमा लिइएको थियो । आगो तत्काल नियन्त्रणमा लिएका कारण विमानमा सवार सबै सकुसल रहेको बुझिएको छ ।

बंगालादेशबाट काठमाडौं आएको एअर बस ३३० विमान अवतरण गर्ने क्रममा तातेर विमानको पछाडिको पांग्राबाट धुँवा निस्किएको जानकारी दिए । त्यसलाई अग्नि नियन्त्रकले तत्कालै नियन्त्रणमा लिएका थिए । यस्तो घटना सामान्य भएको विमानस्थलका महाप्रवन्धक ऋषिकेष शर्माले जानकारी दिनुभयो ।

आगलागीका कारण विमानस्थलमा केहीबेर विमान उडान र अवतरण रोकिएको थियो । अहिले भने विमानको उडान र अवतरण पूर्ववत् रुपमा सुरु भइसकेको छ । आगलागी भएको विमान भने विमानस्थलमा नै थन्किएको छ ।