१ कार्तिक २०८३, शनिबार

अमेरिकामा ६ म्याग्निट्युडको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, ६ चैत । अमेरिकाको क्यारेबियन टापुमा अवस्थित एन्टिगुगा र बरबुडा क्षेत्रमा शनिबार ६ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण सुनामी भने नआउने अमेरिकी भूगर्भविद्हरुले जनाएका छन् । साथै भूकम्पका कारण कुनै मानवीय तथा भौतिक संरचनामा क्षति भएको खबर यो समाचार तयारगर्ने बेलासम्म आइनसकेको अमेरिकाले जनाएको छ ।

ग्रीनविच समय अनुसार ११ बजेर २६ मिनेट जाँदा आएको उक्त भूकम्पीय धक्काको केन्द्रविन्दू सेन्टजोनको राजधानीबाट १५३ किलोमिटर उत्तरपूर्वमा २४ किलोमिटर गहिराईमा भएको विभागले जनाएको छ । रासस/एएफपी