१ कार्तिक २०८३, आइतबार

डोटीमा यसवर्ष गहुँ उत्पादनमा ३५ प्रतिशत ह्रास आउने अनुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gahu– झलक पाली
डोटी, ६ चैत । डोटीमा यस वर्ष गहुँ उत्पादनमा झण्डै पैंतीस प्रतिशत ह्रास आउने प्रारम्भिक अनुमान गरिएको छ ।

गहुँ छरेको समयदेखि निरन्तर लामो समयसम्म पानी नपरेकाले गहुँ उम्रीनै नपाएका कारण यस वर्ष उत्पादनमा झण्डै ३५ प्रतिशत ह्रास आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत डा.तपेन्द्र बहादुर शाहले बताए । तथापी गहुँ बालि अझै काटी नसकेका कारण यकिन तथ्याङ्क नभए पनि उक्त मात्रामा ह्रास आउने अनुमान गरिएको उनले बताए ।

यस वर्ष कार्तिकमा गहुँ छरिसकेपछि माघ महिनामा मात्रै पानी रहेको थियो । वर्षातको समयमा पनि पर्याप्त वर्षा भएको थिएन । मौसम सुख्खा भएपछि गहुँबाली फस्टाउन नसक्दा उत्पादन घट्ने भएपछि डोटीका किसानहरु चिन्तित भएका छन् ।