३० आश्विन २०८३, शुक्रबार

आँपमा किरा लागेपछि किसान चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mango Ko Fulबर्दिवास, ६ चैत । आँपका रुखमा लटरम्म पालुवा लाग्दा दङ्ग परेका महोत्तरी जिल्लाका किसान अब चिचिला खेल्ने बेलामा मधुवा(आँपमा लाग्ने किरा) रोग बढेपछि पिरोलिएका छन् ।

यसपालि आँपमा राम्रो पालुवा लागेपछि ठीकै आम्दानी भित्रिने आस पालेका किसानलाई अहिले मधुवाले पालुवा डढाएर कालो बनाउन थालेपछि पिरोलो बढेको हो । आँपमा अहिले चिचिला खेल्ने समयमै मधुवा लागेर कालो बनाएको छ ।

चैत सुरु भएसँगै मधुवा पालुवा डढाएर कालो बनाएको जिल्लाको पशुपतिनगर–२ का किसान ब्रह्मदेब महतोले बताउनुभयो । आफ्नो बारीका ६० रुख आँपमध्ये १५ रुखमा मधुवाले डढाएको महतोको भनाइ छ । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन” महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो–, ‘तर उपचार सघन बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।’

जिल्लाका आँप खेती सघन गरिने खयरमारा, लक्ष्मीनिंयाँ, भरतपुर, बेलगाछी र भङ्गाहामा पनि मधुवाको समस्या बढेको किसानले बताएका छन् । तत्काल सघन उपचार गरेर मधुवा नियन्त्रण गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो ।

यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो पालुवा लागेको कार्यालयले जनाएको छ । रुखमा पालुवा खेल्नासाथ तत्काल गरिनुपर्ने उपचारमा ढिलाइ हुँदा केही ठाउँमा मधुवाको समस्या देखिएको कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले बताउनुभयो ।

यसपालि आँपमा फूल खेल्न थालेकै बेला राम्रो वर्षा नहुँदा मधुवा लागेको कृषि विज्ञको भनाइ छ । आँपको रुखको जरा वरिपरि खनेर सिँचाइका साथ फेदमा चुन दलेर फूल खेल्न थालेसँगै फूलमा औषधि र पानी छर्की उपचार गर्दा मधुवा नलाग्ने कार्यालयका फलफूल शाखाका कनिष्ठ प्राविधिक सुट्टा मण्डल बताउनुहुन्छ । रासस