२४ कार्तिक २०८३, मंगलबार

संसदीय दलको नेता चयान प्रक्रिया सुरू, छ महिनाभित्र विवरण बुझाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting-3काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी कायाृलयमा आज बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे सदस्य रहेका छन् ।
‘संसदीय दलको विधान २०६५ (संशोधित र परिमार्जित) को धारा ५ (३) बमोजिम कांग्रेस संसदीय दलको नेता लगायत संसदीय दल कार्यसमितिको निर्वाचनका लागि देहाय बमोजिम ३ सदस्यीय निर्वाचन समितिको गठन गरिएको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले १३औँ महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिएको छ । १३औँ महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न गठित तेह्रौ महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समितिलगायतलाई धन्यावाद दिएको हो ।
कांग्रेसले भातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायत केन्द्रीय महाधिवेशन हुन वाँकी रहेका सबै भातृ संस्थाहरुको ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सम्वन्धित भातृ संस्थाहरुको प्रगति र वर्तमान अवस्थाका वारेमा आफ्नो प्रतिवेदन यथाशिघ्र पार्टी सभापति समक्ष पेश गर्न निर्देश पनि दिएको छ ।
देशमा हाल भैरहेको इन्धनको अभाव, महंगी र कालो बजारी नियन्त्रण गर्न कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले सिमाङ्कनको विषयलाई पनि छिटो समाधान गर्नुपर्ने जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेको वर्तमान अवस्थामा यसको कार्यान्वयन गर्ने सम्बन्धमा अन्य दलहरुसँग गहन छलफल र परामर्श गर्ने, सिमाङ्कन तथा मधेशका अन्य समस्याहरुको समाधानका लागि नेपाली कांग्रेसले अग्रसरता लिने निर्णय गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।