काभ्रे, ५ चैत । काभ्रेपलाञ्चोकको पाँचखाल–४ केराघारीमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६५ जना घाइते भएका छन् ।
दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार डाँडाखर्क गाविसकी सुष्मा विकको घटनास्थलमै मृत्यु भएको छ । अर्का मृतक बसका सहचालकको पहिचान हुन सकेको छैन ।
दुर्घटनालगत्तै पुगेको प्रहरीले टोलीले उद्दार गरिरहेको छ । तिव्रगतिमा आएको बस मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको धुलिखेल र बनेपामा उपचार भइरहेको छ ।












प्रतिक्रिया