२४ कार्तिक २०८३, मंगलबार

पक्राउ पर्ने भएपछि माओवादी नेताहरु सिंहदबारतिर ‘ग्वार–ग्वार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoists-meeting-31

काठमाडौं, ५ चैत । सर्वोच्च अदालतले द्धन्द्धकालीन विषयलाई लिएर माओवादीका नेताहरुलाई पक्राउ गर्ने विषयमा बाटो खोलिदिएपछि आत्तिएका माओवादी पार्टीहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर सो विषयमा आपत्ति जनाउने भएका छन् ।

आधा दर्जनको संख्यामा रहेका माओवादी पार्टीका शीर्ष नेताहरुले आज साढे चार बजे सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरी द्धन्द्धकालीन विषयमा भएका घटनालाई लिएर पक्राउ गर्न सर्वोच्च अदालतले गरेको कानुनी व्यवस्था हटाउन माग गर्ने छन् । उनीहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोगले त्यस्ता द्धन्द्धकालीन विषयलाई टुङग्याउनु पर्ने माग गर्ने जनाइएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता तिलक मल्ल ‘क्षितिज’का अनुसार सबै माओवादी पार्टीहरु मिलेर आज प्रधानमन्त्री ओलीसँग भेट गरी द्धन्द्धकालीन विषय उठाउनेमा आपत्ति जनाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँग भेटका लागि एमाओवादी, मोहन बैद्य नेतृत्वको नेकपा -माओवादी क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा माओवादीसहितका आधा दर्जन माओवादी पार्टीका नेतहरु सिंहदरबार जान लागेका हुन् ।

सर्वोच्च अदालतको नयाँ फैसलाले माओवादी सशस्त्र द्धन्द्धका बेला भएका सबै घटनामा संलग्न नेताहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई बाटो खोलिदिएपछि माओवादी नेताहरुलाई अप्ठेरो भएको छ ।