
काठमाडौं, ५ चैत । सरकारले एकैपटक ५७९ स्वास्थ्यकर्मीका लागि जागिर खोलेको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सार्वजनिक सूचना प्रकाशित गरी नर्स, अनमी, एचए, अहेबसहित ९ पदमा ५७९ स्वास्थ्यकर्मीका लागि आवेदन आव्हान गरेको हो ।
सूचनाअनुसार नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा २४० जना अनमी, १८० जना हेल्थ असिस्टेन्ट, १४० अहेब, ७ जना स्टाफ नर्स र ६ जना ल्याब असिस्टेन्ट मागेको छ ।
आवेदन भर्न पश्चिमाञ्चल निर्देशनालयको बैंक अकाउन्टमा १५० रुपैयाँ तिरेर यी पदमा प्रतिस्पर्धा गर्न सकिनेछ ।
हेर्नुस् सार्वजनिक सूचनाः

















प्रतिक्रिया