२४ कार्तिक २०८३, मंगलबार

भेट्न आएका मधेसी नेतालाई चिनियाँ राजदूतले ‘हाम्रो झण्डा किन जलाएको ?’ भनेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-chunti

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत उ चुन्ताईलाई भेट्न सांग्रिला होटल पुगेका मधेसी नेतामाथि प्रश्न उठेको छ ।

विहान ९ बजे सांग्रिला पुगेका मधेसवादी दलका नेताहरुलाई चिनियाँ राजदूत चुन्ताईले ‘८० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरी बहुमतबाट पारित संविधानको विरोध गर्ने क्रममा तपाईहरुले चिनियाँ झण्डा किन जलाउनुभयो, यसको कारण क हो ? भनेर प्रश्न गरेका हुन् ।

मधेसी नेताहरु प्रधानमन्त्री ओलीको भ्रमणमा चीनले ठूला सम्झौता नगरोस भन्ने दबाब दिन विहानै चिनियाँ राजदूत भेट्न सांग्रिला पुगेका थिए ।

सांग्रिला स्रोतका अनुसार चिनियाँ राजदूतले झण्डा जलाउनुको कारण मागेपछि मधेसी मोर्चाका नेताहरुले स्पष्ट जवाफ दिन सकेनन् । उनीहरुले नियतबस झण्डा नजलाएको तर आन्दोलनमा घुसपैठ भएकाले घटना भनेर आफू चोखिन खोजे । तर, राजदूत चिन्ताईलाई भने उनीहरुको जवाफ चित्त बुझ्दो लागेन ।

भेटवार्तामा नेताहरुले ओली सरकारले अधिकार माग्ने जनतालाई दमन गरेको र संविधानमा मधेसी जनताका अधिकार कटौति गरेको जानकारी गराएका थिए । मोर्चाका नेताहरुको कुरा सुनेपछि मात्रै चिनियाँ राजदूतले झण्डा जलाउनुको कारण सोधेका थिए ।