२४ कार्तिक २०८३, मंगलबार

सभापति भएपछि पहिलोपटक प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे देउवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Deuba

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो । सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो ।