१ कार्तिक २०८३, आइतबार

ठगीबाट सचेत रहन आरोही संघको अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmathaकाठमाडौं, ५ चैत । सगरमाथा आरोही संघले काठमाडौंमा बाहेक अन्य मुलुकमा कुनै पनि शाखा र सम्पर्क कार्यालय नरहेको दाबी गरेको छ ।

संघले एक अपील जारी गर्दै विभिन्न मुलुकमा सगरमाथा आरोही संघका नाममा आरोहीहरुलाई ठगी गर्ने काम भएको जानकारीमा आएको भन्दै संघका नाममा हुने त्यस्ता गतिविधिमा सचेत रहन आग्रह गरिएको हो ।

संघकी अध्यक्ष माया शेर्पा र कार्यवाहक महासचिव मदन चुडालले जारी गरेको संयुक्त अपीलमा भनिएको छ, ‘सगरमाथा आरोही संघ १७ वर्षदेखि नेपालमा मात्रै रहेको र अहिलेसम्म कुनै शाखा र सम्पर्क कार्यालय मुलुकभित्र र बाहिर खोलिएको छैन, कसैले संघको नाममा आरोहीहरुलाई ठगी गर्नसक्ने भएकाले सचेत रहन आग्रह गर्दछौं ।’