काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गर्नु हुने भएको छ ।
प्रधानमन्त्री ओलीले मध्यान्ह साढे १२ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आफ्नो चीन भ्रमणका विषयम दलका शीर्ष नेताहरूसँग परामर्श गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
छलफलमा चीनको औपचारिक भ्रमणमा आफूले उठाउने विषयमा दलका नेताहरूलाई जानकारी गराउनु हुनेछ । त्यस क्रममा ओलीले दलका नेताहरूसँग पनि सुझाव लिने जनाइएको छ ।
प्रधानमन्त्री ओली चैत ७ देखि १४ गतेसम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ ।












प्रतिक्रिया