काठमाडौं, ५ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न १३औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो दुई बजे बस्ने बैठकमा १३औँ महाधिवेशनको समीक्षा हुनुका साथै सहयोग गर्नेहरूलाई धन्यावाद दिइनेछ । बैठकमा मनोनीत गर्न बाँकी पदाधिकारी र सदस्यहरूका विषयमा पनि छलफल हुने एक नेताले बताए ।
कांग्रेसको महाधिवेशन सक्किए लगत्तै नवनिर्वाचित सभापति शेरबहादुर देउवाले महाधिवेशनमा पराजित केही नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो ।












प्रतिक्रिया