२४ कार्तिक २०८३, मंगलबार

मैले देउवालाई पनि भनेको छु, अब तेरो-मेरो चल्दैनः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandraदमौली, ४ चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई अब गुट उपगुट नभई एक ढिक्का बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेता पौडेलले सिद्धान्त र निष्ठाका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

चुनावमा हारजित स्वाभाविक भएको भन्दै काँग्रेस नेता पौडेलले १३औँ महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबै कार्यकर्तालाई धन्यवाद दिनुभयो । नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई पनि आफूले सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएको उहाँले बताउनुभयो ।

कावा सभापतिका रुपमा आफूले महाधिवेशनको जिम्मेवारी ऐतिहासिक रुपमै पूरा गरेको काँग्रेस नेता पौडेलको भनाइ थियो । “पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी म वहन गर्न तयार छु” नेता पौडेलले भन्नुभयो ।

काँग्रेसले प्रतिपक्षमै रहेर मुलुकभित्रको समस्या समाधान गर्न सशक्त भूमिका निर्वाह गर्ने बताउँदै काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोला लगायतले महाधिवेशनले काँग्रेसभित्र एकताको सन्देश दिएको बताउनुभयो । रासस