२४ कार्तिक २०८३, मंगलबार

बाबुरामले ल्याए अहिलेसम्मकै नयाँ कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai

काठमाडौं, ४ चैत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनता फकाउन नयाँ कार्यक्रम ल्याएका छन् ।

उनले अब जनतासँग प्रत्यक्ष भेटघाटका लागि समय व्यवस्थापनसम्बन्धी निर्णय गरेका हुन् । निर्णअनुसार अबदेखि उनी हरेक महिनाको एक रात जनताको घरमा बास बस्ने र त्यहाँका जनतासँग प्रत्यक्ष भेटघाट गर्नेछन् ।

संयोजक भट्टराईले हरेक महिनाको २ गते र १६ गते दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म नयाँ शक्ति नेपालको पार्टी कार्यालय बबरमहलमा नियमित रुपमा सार्वजनिक भेटघाटसमेत गर्नेछन् । यही भेटघाटको रुपमा उनले बिहीबार पार्टी कार्यालयमा सार्वजनिक भेटघाटसमेत गरेका छन् ।

भट्टराईको सचिवालयका अनुसार आकस्मिक रुपमा संयोजकको अन्य कार्यक्रम परेमा भेटघाटको समय कहिलेकाहिँ परिवर्तन हुन सक्नेछ, समय परिवर्तन भएमा सामाजिक सञ्जालमार्फत नयाँ शक्ति नेपालले सूचना दिनेछ ।

नयाँ शक्ति नेपालको सचिवालयले भेटघाटमा आउनुअघि सोही दिन अथवा अघिल्लो दिन समय निश्चित गर्नका लागि रिसेप्सनको टेलिफोन नम्बर ०१४२३८२९४ र सचिवालयको ०१४२३८२७३ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।