
काठमाडौ, ४ चैत । कार्यकारी अधिकार प्रत्यायोजन नगरिएको, स्थायी प्रकृतिका कर्मचारीको ब्यवस्था नभएको र मन्त्रायले सहयोग नगरेको भन्दै गरिब घर परिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले आफ्नो पदबाट राजिनामा दिएका छन ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोरा समेत रहेका उपाध्यक्ष पौडेलले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राजिनामाको विषयमा जानकारी गराएका हुन ।
राजिनामा दिनुको कारण स्पष्ट पार्दै उनले सरकारले बोर्डमा स्थायी प्रकृतिको कर्मचारीको ब्यवस्था नगर्दा योजना अनुसारको काम गर्न नसकेको, कार्यकारी उपाध्यक्षलाई मन्त्रालयले कार्यकारी अधिकार नदिदा काम गर्न अप्ठ्यारो भएको र उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले समेत बारम्बार तपाईले काम गर्न सक्नु भएन गरिब परिचय पत्र बढ्न सक्नु भएन भनेर दवाव दिएकोले आफूले राजिनामा दिएको स्पष्ट पारे ।
उनले नेपाल निर्णय गर्ने पद्धति सुस्त हुँदा कैयो कुराको योजना बनाए पनि आफूले समयमै काम सुरु गर्न नसकेको बताउँदै भने,‘ दुई वटा डाईरेक्टर ल्याउन पाँच महिना धाउनु पर्यो अनि कसरी काम गर्न सकिन्छ ?’
उनले आफ्नो कार्यकालमा २५ जिल्लामा निरपेक्ष गरिबीको रेखामुति रहेका ३ लाख ५६ हजार ४१८ घर परिवारको पहिचान गरेर नामावली प्रकाशन गरेको, सूचिमा रहेका परिवारको विषयमा गुनासो सुन्ने काम भएको जानकारी दिए ।












प्रतिक्रिया