
काठमाडौं, ४ चैत । नेपाली बजारमा विहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो दिनको कारोबारमा प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिवार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर रहेकाले मूल्य घटबड भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया