
काठमाडौं, ४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार फेरि हतियार भेटिएको छ ।
ओमन एयरको उडानद्वारा साउदी अरेविया जान लागेका चितवन भरतपुर नगरपालिका–१२ का कर्साङ लामाका साथबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो ।
गोली भेटिएपछि उनलाई बुधबार पक्राउ गरी विहीबार सार्वजनिक गरिएको छ । उनको हातेझोला एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा लामाको साथमा राईफलमा लाग्ने उक्त गोली फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसअघि पनि विमानस्थलको गोदाममा युरोपबाट आएको राइफल फेला परेको थियो ।
यसैगरी मकवानपुरको कोगटे–९ स्थित जंगलमा शिकार खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय रामबहादुर आचार्य र उनको १८ वर्षीय छोरा सुजन आचार्यलाई १ नाल भरुवा बन्दुक, सोको १ सय वटा छर्रा, ३४ वटा छर्रा पिन र करीब १० ग्राम वारुदसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया