३० आश्विन २०८३, शुक्रबार

यस्तो छ रमजानको रौनक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????

शीतलप्रसाद महतो

वीरगन्ज, १२ साउन  । वीरगन्जमा यतिबेला बिहान करिब ३ देखि राति ११ बजेसम्म मुस्लिमबस्ती र मुस्लिम परिवारमा रमजानको छुट्टै रौनक छाएको छ ।

अहिले मुस्लिमको रमजान (व्रत) महिना चलिरहेको छ । त्यसैले मुस्लिमबस्ती र मुस्लिम परिवारमा बिहानदेखि चहलपहल सुरु हुन्छ ।

रमजानको महिनामा ‘रोजा’ शुभारम्भ गरेका मुस्लिम समुदायले हरेक दिन बिहान घरघरमा सेहरी (व्रत सुरु हुनुभन्दा अघि खाइने खानेकुरा) खाएर सुरु गरेको व्रत सूर्यास्त भएपछि इफ्तारी (व्रत सकि“दा खानेकुरा खानु) खाएर समापन गरिन्छ । रोजा शुभारम्भ भएको आज अन्तिम दिन हो ।

रमजानको यो महिनामा वीरगन्जस्थित मदिना जामे मस्जिद, नुरी मस्जिदलगायत विभिन्न मस्जिदमा नमाज पढ्न पुग्ने श्रद्धालुको घुइ“चो लाग्ने गर्दछ ।

रमजान इस्लाम धर्मावलम्बीको महान् चाड हो, नेपाल मुस्लिम इदेहाद सङ्गठनका केन्द्रीय उपाध्यक्ष बाबुजान अलीले इस्लामका पा“चवटा आधारस्तम्भ आस्था, नमाज, रोजा, जकात र हजमध्ये रोजा एक हो भन्नुहुन्छ ।

रमजानको महिनामा ‘रोज’ शुभारम्भ गरेका मुस्लिम समुदायले महिनाको अन्त्यमा नया“ चन्द्रमा देखेपछि हर्षोल्लासका साथ ‘इद–उल–फित्र’ को नमाज अदा गरी यस वर्षको रोजा समाप्त गरिनेछ ।

इद–उल–फित्रको अर्थ उपवास तोड्ने उत्सव पनि हो । इदको सम्बन्ध पूर्ण रुपले रोजासँग हुन्छ । उपाध्यक्ष बाबुजान अलीले भन्नुभयो–“रमजानको रोजाबिना इदको प्रश्न नै उठदैन् ।” रोजा आस्था र विश्वासको परिपक्वता तथा इद यसको सफलता हो ।

इदको सम्बन्ध उपासनासँग गा“सिएको हुन्छ । यो रमजानको रोजाबाट प्रारम्भ भई इदका दिन नमाज पढेर समाप्त हुन्छ । रमजान महिनाभर मुस्लिम समुदायले दिनरात अल्लाहको प्रार्थना गरिन्छ । रमजानको रोजामा पानीसमेत नखाई दिनभरि भोकभोकै बस्नुपर्ने हुन्छ ।

रोजामा रातिको अन्तिम समयमा सेहरी खाने व्यवस्था छ । रमजानको महिनासँग जकातको नाम पनि जोडिएको हुन्छ ।

अल्लाहको उपासना आत्माको पवित्रता हो भने मालको पवित्रता जकात हो, मक्कामदिनाबाट हज गरेर आएका स्थानीय सञ्चारकर्मी लालबाबु शेखले भन्नुभयो–“जकात ननिकालेको माल अपवित्र हुने मान्यता छ ।” जकात प्रायः रमजानकै महिनामा निकालिनु पर्दछ भन्ने मान्यता रहेको उहा“को भनाइ छ ।

वास्तवमा जकात साढे सात तोला सुन वा ५२ तोला चा“दीको मूल्य बराबरको रकम, माल, सम्पत्ति हुने व्यक्तिले सम्पत्ति खरिद र सङ्कलन गरेको एक वर्षपश्चात् हालसम्मको मूल्याङ्कनको साढे दुई प्रतिशतको हिसाबले निकाल्नुपर्ने धारणा रहेको पाइन्छ । तर रमजानको महिनामा एक पुण्यको बदला ७० हजार पुण्य रहेकाले प्रायः यही महिनामा जकात निकाल्ने गरिन्छ ।

जकात भिखारीलाई भन्दा पनि गरिब र असहायलाई दिनुपर्ने मान्यता छ । जो गरिब छन् तर कसैको सामुन्ने हात फैलाउन सक्दैन्, त्यस्ता व्यक्तिलाई जकात दिँदा राम्रो हुने जनविश्वास छ ।
हुन त इस्लामले जथाभावी अनावश्यक रूपमा फजुल खर्च गर्न मनाही गरेको छ । तर रमजानको महिनामा अल्लाहद्वारा जति खाउ, खर्च गर त्यसको हिसाब लिइन्न भनी छुट दिइएको जनविश्वास छ ।

इस्लामधर्म गुरुहरूका अनुसार इदको दिन अनिवार्य रूपमा फितरा निकाल्नुपर्ने मान्यता रहेको छ । फितरा एक प्रकारको दान हो । इदको दिनमा फितरा (दान) नदिने व्यक्तिको व्रत आकाश र जमिनको बीचमा झुन्डिरहन्छ । एक महिनासम्मको रोजमा भएका कमीकमजोरीलाई फितरा अर्थात् दानले क्षतिपूर्ति गरिदिन्छ भन्ने जनविश्वास छ ।

एक महिनासम्म पानीसमेत नखाई दिनभरि भोकभोकै बसेर गरिएको कठिन प्रार्थनापछि आउन लागेको महान् पर्व इदको खुसियालीमा मुस्लिम समुदायका व्यक्तिहरूले नया“ सफा लुगा, लत्ताकपडा र विशेष प्रकारका खानेकुराको जोहो गर्नमा व्यस्त भएको देखिन्छ ।

धार्मिक विधि र परम्पराअनुसार एक महिनाम्म दिनभरि भोकै प्यास बसेर नियम निष्ठापूर्वक रोजा (व्रत) बसेको र जकात फितरा (दान) दिएको व्यक्तिले इदको दिनमा अल्लाहतालाबाट पुरस्कार पाउ“छ । त्यस्ता व्यक्तिको घर, परिवार र मुलुकमा सुख शान्ति हुनुका साथै व्यापार तथा व्यवसायमा वृद्धि हुन्छ भन्ने जनविश्वास समेत रहेको छ । रासस