१ कार्तिक २०८३, शनिबार

२३१ यात्रु बोकेको एयर इण्डियाको विमान फोर्स ल्याण्डिङ, केही यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

An Air India flight taking off in Chennai

बैंकक, ४ चैत । विमानमा बम राखेको हल्लापछि एयर इन्डियाको विमान बुधबार राति थाइल्याण्डको विमानस्थलमा आकस्मिक अवतरण गराइएको खबर छ ।

सो विमानमा बम रहेको भनी अज्ञात व्यक्तिले सूचना दिएपछि उक्त विमानलाई थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

उक्त विमानस्थलको एक छेउमा विमान राखेर बडो होसियारीसाथ यात्रुहरुलाई बाहिर निकालिएको थियो । तर सो विमानमा बम भने नरहेको पाइएको छ ।

सो विमान २३१ जना यात्रु लिएर नयाँ दिल्लीबाट उडेको थियो । थाई अधिकारीहरुले यसरी अवतरण गराइएको विमानमा त्यस्तो कुनै पनि सङ्कास्पद वस्तु नपाइएको जनाएका छन् ।

उनीहरुका अनुसार यात्रुलाई उद्वारका क्रममा केही घाइते पनि भएका छन् । तर उनीहरुको सामान्य उपचारपछि अर्काे उडानका लागि तयार भएका थिए ।

तर एकजनालाई भने मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पनि उनीहरुको भनाई छ । रासस/एएफपी